नेपाल त्रिकोणात्मक हङकङ टी–२० आई सिरिजको फाइनलमा - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल त्रिकोणात्मक हङकङ टी–२० आई सिरिजको फाइनलमा

फागुन २९, माङसेबुङ । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

नेपालले मंगलबार भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै सिरिजको फाइनलमा स्थान पक्का बनाएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १३ रनमा अलआउट भाएको थियो ।

पीएनजीका लागि हिरी हिरीले बनाएको २८ रन, सिसी वाउले २१ रन, टोने उराले १२ रन, नोसैना पोकानाले १२ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालको जितमा कुशल भुर्तेलले ४, प्रतिस जिसीले २ तथा गुलसन झा र आकाश चन्दले समान एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले ५९ रन बनाएको इनिङ्समा सन्दीप जोराले ५६ रन, लोकेश बमले १४ रन बनाए भने विवेक यादवले १९ रनको शानदार इनिङ्स खेले ।

यस्तै बिनोद भण्डारीले २७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । गुलसन झा १५ बलमा नटआउट रहे ।

पीएनजीका नार्मन बनुआ, नोसेना पोकाना र जान कारिकोले समान एक एक विकेट लिएका थिए ।

सम्बन्धित खवर