हङकङ टी–२० आई सिरिजको फाइनलमा नेपाल पराजित - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हङकङ टी–२० आई सिरिजको फाइनलमा नेपाल पराजित

फागुन ३०, दमक । नेपाल हङकङ टी–२० आई सिरिजको फाइनलमा पराजित भएको छ ।

बुधबार उपाधि भिडन्तका लागि भएको फाइनल खेलमा नेपाल पीएनजीसँग ८६ रनले पराजित भएको हो ।

पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो ।

फाइनल खेलमा नेपालका कुनैपनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनर बिनोद भण्डारी ४ रनमा बोल्ड हुदाँ कुशल भुर्तेल ५ रनमा पोविलियन फर्किएका थिए ।

यसैगरि रोहित पौडेल १२ रन, गुलसन झा ६ रन, विवेक यादव १ रन, आरिफ शेख १५ रन र सन्दीप जोरा १७ रनमा आउट भए ।

पीएनजीको जितमा काबुआ मोरिया, सेमो कामिया, चाड सोपर, सेसे बाउले समान २ विकेट लिए । एली नाओले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ।

ओपनर टोनी उराले ६१ रन, एली नाओले अविजित ३० रनको योगदान गर्दा हिरी हिरीले १४ रन, हिला भारेले १८ रन, चाड सोपरले १३ रन र किप्लिन डोरिगाले १४ रन जोडे ।

नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिदा करन केसी र गुलसन झाको नाममा समान एक एक विकेट लिए ।

सम्बन्धित खवर