चैत ८, दमक । नेपालले आज(बिहिबार) फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली समय अनुसार आज १२ः४५ बजे बहराइनको राष्ट्रिय रंगशालमा शुरू हुने खेलमा नेपालल बहराइनसँग प्रतिस्पर्धा गर्ने भएको हो ।
समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोटअन्तर्गत बिहीबारको यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो ।
तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले ‘होम म्याच’ बहराइनमै खेल्न लागेको हो । यस्तै, नेपालले चैत्र १३ गते ‘अवे’ म्याच पनि बहराइनमै खेल्नेछ । नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन् । नेपाल पहिलो खेलमा यूएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो ।
नेपाल पहिलो जित हातपार्ने लक्ष सहित मैदानमा उत्रिने भएको छ ।