आयरल्याण्ड उल्भ्स ‘ए’ बिरुद्ध नेपालको सहज जित - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आयरल्याण्ड उल्भ्स ‘ए’ बिरुद्ध नेपालको सहज जित

चैत १२, काठमाडौं । घरेलु टोली नेपालले आयरल्याण्ड उल्भ्स ‘ए’ विरुद्धको पहिलो टी ट्वान्टी खेलमा सहज जित हासिल गरेको छ ।

कीर्तिपुर स्थित टियु मैदानमा सोमबार भएको खेलमा आयरल्याण्ड ‘ए’लाई ६ विकेटले हराउदै नेपालले सहज जित निकालेको हो ।

आयरल्याण्डले प्रस्तुत गरेको १ सय २२ रनको सामान्य लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले अविजित ३७ रन बनाए । यस्तै सन्दीप जोराले ३६ रन, दीपेन्द्र सिंह ऐरी अविजित २० रन, आसिफ शेख १६ रन र गुलसन झा ४ रन बनाएर आउट हुदां कप्तान रोहित पौडेल शुन्य रनमा आउट भएका थिए ।

आयरल्याण्ड एका लागि ग्यारेथ डेलानीले २ तथा बेन व्हाइट र थोमस मेयरले समान एक एक विकेट हात पारेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड एले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।

आयरल्याण्ड एलाई सस्तैमा रोक्न नेपालका लागि कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले समान २ विकेट लिए । करन केसी र कुशल मल्लले समान एक एक विकेट लिए ।

आयरल्याण्ड उल्भ्सका लागि भने स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाए । थोमस मेयर र लियाम मेक्कार्थीले समान १६ रन बनाउदा फिओन हाथले ११ रनमा आउट भए ।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड उल्भ्ससँग नेपालको सिनियर टिमले दुई टी ट्वान्टी खेल्नेछ भने नेपाल एले तीन टी ट्वान्टी सिरिज र तीन वान डे सिरिज खेल्नेछ ।

सम्बन्धित खवर