विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित

चैत १४, माङसेबुङ । नेपाल फिफा विश्वकप एसिया छनोटमा पराजित भएको छ ।

मंगलबार बहराइन राष्ट्रिय रंगशालामा भएको दोस्रो खेलमा समेत नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको हो ।

बहराइनलाई जित दिलाउन सायद महदी बाकेर, कप्तान अब्दुल्लाह युसुफ हेला र कमिल अल–अस्वादले गोल गरे ।

यो पराजयसँगै विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ । तर नेपालले एसियन कप छनोटको तेस्रो चरणमा भने प्रतिस्पर्धा गर्न पाउनेछ ।

चारै खेलमा पराजित नेपाल अंकविहिन रहँदै समूह ‘एच’को पुछारमा छ ।

सम्बन्धित खवर