आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित

चैत २५, माङसेबुङ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।

आईतबार वानखडे स्टेडियम मुम्बईमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै मुम्बईले विजयी सुरुवात गरेको हो ।

मुम्बईले २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो ।

दिल्लीका ट्रिस्टन स्टब्सले ७१ रनमा नट आउट रहे । यसैगरि पृथ्वी शाले ६६ रन, डेविड वार्नरले १० रन र अभिषेक पोरेलले ४१ रन बनाए ।

मुम्बईको जितमा जेराल्ड कोट्जीले ४, जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।

टिम डेविड ४५ रनमा नट आउट रहदा, रोमारियो शेफर्ड ३९ रनमा नट आउट रहे । यस्तै रोहित शर्माले ४९ रन, ईशान किशनले ४२ रन र हार्दिक पान्ड्याले ३९ रन बनाए ।

दिल्लीका अक्षर पटेल र एनरिच नोर्कियाले २–२ विकेट लिए । खलिल अहमदले १ विकेट लिए ।

सम्बन्धित खवर