आईपीएल : गुजरातमाथि लखनउको जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : गुजरातमाथि लखनउको जित

चैत २६, माङसेबुङ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्समाथि लखनउ सुपर जायन्ट्सले जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा गुजरातलाई ३३ रनले पराजित गर्दै लखनउले जित हासिल गरेको हो ।

लखनउले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमै १३० रन बनाउदै अलआउट भयो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३१ रन बनाउँदा रवि टेवाटियाले ३० रन, शुभमन गिलले १९ रन, विजय शंकरले १७ रन र दर्शन नालकन्डेले १२ रन बनाए ।

लखनाउको जितमा यश ठाकुरले सर्वाधिक ५ विकेट लिए । यतै क्रुनाल पाण्डेले ३ तथा नवीन उल हक र रवि बिस्नोईले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाए ।

लखनउका मार्कश स्टोइनिसले ५८ रनको अर्धशतकिय पारी खेल्दा कप्तान केएल राहुलले ३३ रन जोडे भने निकोलश पुरन ३२ र आयुश बदोनीले ११ रन बनाए ।

गुजरातका लागि उमेश यादव र दर्शन नालन्डेले २/२ विकेट र राशिद खानले १ विकेट लिए ।

 

सम्बन्धित खवर