दमकमा प्रथम गुरु टोली फुटसल प्रतियोगिता हुँदै, खेलतालिका सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा प्रथम गुरु टोली फुटसल प्रतियोगिता हुँदै, खेलतालिका सार्वजनिक

चैत २७, दमक । झापाको दमकमा ‘हामी सँगै एकजुट हुन्छौं’ भन्ने मुल नाराका साथ प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।

गुरु टोलीले नयाँ वर्ष २०८१ को अवसर पारेर दमक १ भाङबारीस्थित स्पा एनि फुटसलको खेल मैदानमा बैशाख १ गते एक दिने प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यसैक्रममा आयोजक गुरु टोलिले प्रथम फुटसल प्रतियोगिताको खेल तालिका समेत सार्बजनिक गरेको छ ।

आयोजक गुरु टोली र रोयल एफसीबीच उद्घाटन खेल हुने प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको छ ।

‘खेलकुदले युवाहरुलाई व्यस्त बनाई कुलतमा फस्न नदिन महत्वपूर्ण भूमिका खेल्छ’ गुरु टोलीका अध्यक्ष विशाल देवानले भने, ‘यो पनिराष्ट्रको लागि योगदान नै हो । तर खेलाडीहरुले खेल सँगै समाज भने बुझ्न सक्नु पर्दछ ।’

गुरु टोलीले विगतका बर्षहरुमा सामाजिक कार्यहरु गर्दै आईरहेकोमा यो बर्ष भने खेल प्रेमिहरुलाई मध्यनजर गरेर फुटसल प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक तथा टोलीका सचिव आकाश लावती लिम्बूले बताए ।

इन्ट्री शुल्क ३१ सय रुपैयाँ रहेको प्रतियोगिताको विजेताले नगद ३१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १६ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सम्बन्धित खवर