च्याम्पियन्स लिग : बार्सिलोनाको रोमाञ्चक जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : बार्सिलोनाको रोमाञ्चक जित

चैत २९, दमक । यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइलनको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ ।

बुधाबार राति पार्क डेस प्रिन्सेस मैदानमा सम्पन्न खेलमा घरेलु टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध ३–२ गोल अन्तर हराउँदै बार्सिलोनाले रोमाञ्चक जित निकालेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले २ र आन्द्रेस क्रिस्टेन्सनले १ गोल गरे । पीएसजीको लागि औसमाने डेम्बेले र भिटिन्हाले १÷१ गोल फर्काए ।

खेलको ३७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए । तर, खेलको ४८औं मिनेटमा डेम्बेले गोल गर्दै पीएसजीलाई बराबरीमा फर्काए ।

त्यसको तीन मिनेटपछि भिटिन्हाले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । तर, खेलको ६१ औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनलाई बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा इल्के गुन्डागेनको पासमा आन्द्रेसले गोल गर्दै बार्सिलोनालाई ३–२ को रोमाञ्चक जित दिलाए ।

अब दोस्रो लेग अर्को साता बार्सिलोनाले घरेलु मैदानमा खेल्नेछ ।

सम्बन्धित खवर