एसीसी प्रिमियर कपमा नेपालको संघर्षपूर्ण जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी प्रिमियर कपमा नेपालको संघर्षपूर्ण जित

चैत ३०, दमक । एसीसी प्रिमियर कपमा साविक विजेता नेपालले विजयी शुरूवात गरेको छ ।

शुक्रबार अल अमेरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ २) मा सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा मलेसियलाई ५ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालका आशिफ शेखले सर्वाधिक ३२ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले २८ रन, कुशल भुर्तेलले २४ र दीपेन्द्रसिंह ऐरी २० रन बनाए । यस्तै गुल्शनकुमार झा १९ र सन्दीप जोरा १२ रनमा अविजित रहे ।

मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट तथा मोहम्मद वाफिक र पवनदीप सिंहले १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर मात्र १४३ रन बनायो ।

मलेसियाका कप्तान वीरन्दीप सिंहले अविजित रहँदै सर्वाधिक ७२ रन बनाउदा शर्विन मुनिन्दी ४१ रन र मोहम्मद अमिर १६ रन बनाए । यस्तै नजमुस साकिब ३ रनमा अविजित रहे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट तथा अविनाश बोहराले १ विकेट लिए ।

जितसँगै नेपालले अंक तालिकामा २ अंक जोडेको छ ।

सम्बन्धित खवर