एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

बैशाक १, दमक । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

अल अमेरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ २) मा शनिबार भएको खेलमा कतारलाई ३२ रनले पराजित गर्दै साविक विजेता नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनायो ।

कतारका कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए । मोहम्मद अहनफले २३ रन, अदनान मिर्जाले १९ रन र कामरान खानले १८ रन बनाए । यस्तै हिमान्शु राठोड २२ रनमा अविजित रहे ।

नेपालको जितमा ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्शनकुमार झाले समान २/२ विकेट तथा कुशल मल्ल र अविनाश बोहराले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले अविजित सार्वाधिक ६४ रन बनाए । उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

यस्तै, ओपनर आशिफ शेखले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा कुशल मल्लले ३५ रन, रोहितकुमार पौडेलले १८ रन, कुशल भुर्तेलले १२ रन, सन्दीप जोराले ७ रन र गुलशनकुमार झाले ५ रन बनाए ।

कतारका हिमान्शु राठोड र मुसावर शाहले ३/३ विकेट लिदा अमिर फारुकले १ विकेट लिए ।

सम्बन्धित खवर