- आन्छुमे नसान
बैसाक १, दमक । निर्देशक दिनेश माङमुको निर्देशन तथा कोरियोग्राफीमा पुर्वेली लोक भाकामा सजिएको रोमान्टिक गित ‘कोकलेबुङ मेला’ सार्वजनिक गरिएको छ ।
डि.आर. अटुको शव्द तथा संगीतमा गायिका सुनिता थेगिम र गायक विकास तुम्बापोको आवाजमा रोमान्टिक गित ‘कोकलेबुङ मेला’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
इलामको माइ नगरपालिकामा अवस्थित चेप्टी पार्क र आसपासमा छायांकन गरिएको भिडियोमा विकास तुम्बापो लिम्बू, सवनम इजम लिम्बूले अभिनय गरेका छन् ।
राजु कार्कीको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको गित लिम्दुमी क्रिएशनमा रेकर्ड गरिएको हो ।
दिनेश कुमार विश्वकर्मको सहायक निर्देशनमा कृष्ण सुबेदीको मेकअप, निश्चल कुलुङ राईको कला रहेको भिडियोमा सुमन तामाङको छायांकन, गोपाल दर्जीको सहायक छायांकन तथा अनिल रानाको सम्पादन रहेको छ ।
किरण लावतीको निर्माणमा बनेको भिडियो मेरो म्युजिक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…