प्रथम गुरु टोली फुटसलको उपाधि रियल स्टार एफसीलाई - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम गुरु टोली फुटसलको उपाधि रियल स्टार एफसीलाई

बैशाक १, दमक । प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ को उपाधि रियल स्टार एफसी दमकले चुमेको छ ।

शनिबार नयाँ वर्षको अवसरमा दमक १ भाङबारीस्थित स्पा एनि फुटसल कोर्टमा भएको फाइनल खेलमा मानपुर एफसी माङसेबुङलाई ४–० गोल अन्तरले पराजित गर्दै रियल स्टारले उपाधि चुमेको हो ।

पहिलो हाफमा २–० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप २ गोल गर्दै समग्रमा ४–० को जित हासिल गरेको थियो ।

उपाधि चुमेसँगै रियलले नगद ३१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, उपविजेता बनेका मानपुरले नगद १६ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।

व्यक्तिगत विधातर्फ रियलका निर्जल बोहोरा सर्वाधिक गोलकर्ता बनेका छन् भने रियलकै सोनु तामाङ उत्कृष्ट गोल रक्षक बने ।

त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट मानपुर एफसीका आशिष लिम्बू र उदीयमान खेलाडी भाङबारी एफसिका सौगात मगर घोषित भए ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेशकटुवाल, गायक एकदेव लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर