एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित, दोस्रो पटक एशिया कप खेल्ने सपना अधुरै - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित, दोस्रो पटक एशिया कप खेल्ने सपना अधुरै

बैशाक ७, माङसेबुङ । एसीसी प्रिमियर कपमा साविक विजेता नेपाल यूएईसँग पराजित भएको छ ।

शुक्रबार अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा भएको पहिलो सेमिफाईनल खेलमा यूएईसँग नेपाल ६ विकेटले पराजित भएको हो । यो हारसँगै नेपालको दोस्रो पटक एशिया कप खेल्ने सपना अधुरै बनेको छ ।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको यूएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनाएर पुरा गर्यो ।

यूएईका अलिशान शराफुले अविजित रहँदै सर्वाधिक ५५ रन बनाउदा विष्णु सुकुमारनले २८ रन, सैय्यद हैदरले १४ रन र मोहम्मद वासिमले ११ रन बनाए । यस्तै आयान अफजल खान २ रनमा अविजित रहे ।

नेपालका लागि गुल्शनकुमार झाले सर्वाधिक २ विकेट तथा सोमपाल कामी र ललितनारायण राजवंशीेले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन मात्र बनायो ।

नेपालका सन्दीप जोराले सर्वाधिक ५० रन बनाउदा गुल्शनकुमार झाले २० र करण केसी १७ रन बनाए । अन्यले भने दोहोरो अंक बनाउन सकेन् ।

यूएईका जुनैद सिद्दिकी, अलि नासिर र बसिल हमिदले समान २/२ विकेट तथा ओमिद शफी रहमान, आयान अफजल खान र मोहम्मद फारुखले समान १/१ विकेट लिए ।

सम्बन्धित खवर