पाहुना टोली वेस्ट इन्डिज ‘ए’ माथि नेपालको रोमाञ्चक जित - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाहुना टोली वेस्ट इन्डिज ‘ए’ माथि नेपालको रोमाञ्चक जित

बैशाक १५, मामसेबुङ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखला अन्तर्गत पहिलो खेलमा रोमाञ्चक जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ माथि ४ विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ४७ बलमै शतक प्रहार गरेका थिए । उनले सर्वाधिक ११२ रन बनाए ।

यसैगरि यसैगरि दीपेन्द्रसिंह ऐरीले २४ रन, कुशल मल्लले १६ रन र कुशल भुर्तेलले १६ रन बनाउँदा गुल्शनकुमार झाले ९ रन र प्रतिश जीसी ५ रनमा अविजित रहे।

वेस्ट इन्डिजका म्याथ्यू फोर्डे र ओबेद म्याककोएले २÷२ विकेट लिदां किमो पलले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाउदा एलिक एथानाजले ४७ रन, केसी कार्थीले ३८ रन, आन्द्रे फ्लेचरले १३ रन, कादिम एलीनले १४ र किमो पल १ रनमा अविजित रहे ।

नेपालका लागि कमलसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहराले १÷१ विकेट लिए ।

 

सम्बन्धित खवर