कवि श्रीमान खजुमको कृति ‘तक्सङ माइली’ विमोचन हुदैं - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कवि श्रीमान खजुमको कृति ‘तक्सङ माइली’ विमोचन हुदैं

जेठ ८, माङसेबुङ । कवि श्रीमान खजुमको कविता संग्रह ‘तक्सङ माइली’ को विमोचन कार्यक्रम हुने भएको छ ।

याक्थुङ लेखक संघ धनकुटाको आयोजनामा आगमी जेठ १९ गते शनिवार मोरङको केराबारी फालेमा एक कार्यक्रमविच कवि खजुमको कृति ‘तक्सङ माइली’ को विमोचन गरिने भएको हो ।

कवि मुकुन्द्र प्रयासको प्रमुख आतिथ्यमा सम्पन्न हुने कृति विमोचन कार्यक्रममा बक्ताहरुमा कवि राज माङलाक, कवि केजी सुव्वा र कवि दिवा चेम्जोङ रहेका छन् ।

विहान १० वजेबाट सुरु हुने कृति विमोचन कार्यक्रममा उपस्थितिको लागि आह्वान समेत गरिएको छ ।

 

सम्बन्धित खवर