बार्सिलोनाका प्रशिक्षक जाभीले सिजनको अन्त्यसँगै क्लव छाड्ने - Mangsebung News
  • आइतबार, असार ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बार्सिलोनाका प्रशिक्षक जाभीले सिजनको अन्त्यसँगै क्लव छाड्ने

जेठ ११, माङसेबुङ । स्पेनिस क्लव बार्सिलोनाका प्रशिक्षक जाभीले क्लव छाड्ने भएका छन् ।

जाभीले सिजनको अन्त्यसँगै क्लव छाड्ने बार्सिलोनाले पुष्टि गरेको हो । उनी अर्को सिजन क्लबको प्रशिक्षक रहने छैनन् ।

जाभीले आईतबार बार्सिलोनाको प्रशिक्षकको रुपमा सेभिल्लासँग अन्तिम खेल हेर्नेछन् ।

जाभीले अप्रिलमा सन् २०२५ को जुनसम्म क्लबमा रहने निर्णय गरेपनि उनले जनवरीमा समरको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका थिए ।

बार्सिलोनाले दोस्रो स्थानमा रहेर ला लिगा सिजनको अन्त्य गर्ने भएको छ ।

सम्बन्धित खवर