मुक्कुमङ वृक्षारोपण अभियानमा पहिलो दिन ६ हजार विरुवा रोपियो - Mangsebung News
  • बुधबार, असार १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमङ वृक्षारोपण अभियानमा पहिलो दिन ६ हजार विरुवा रोपियो

जेठ ३२, माङसेबुङ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुकुम्लुङ क्षेत्रमा वृक्षारोपण अभियानको पहिलो दिन करिब ६ हजार बिरुवा रोपिएको छ ।

मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा शुरु गरिएको २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण अभियानको पहिलो दिन बिहीबार ६ हजार विरुवा रोपिएका हुन् ।

संघर्ष समितिले जेठ ३१ र ३२ गते बृहत वृक्षारोपण आयोजना गर्ने कार्यक्रमसँगै विहिबार गुरासँका विभिन्न प्राजातीहरु, धुपी, चिमल, रौट सालहा, चाप लगायतका ६ हजार विरुवा रोपिएको अभियानन्ता सरोज कङलिवाले बताए । उनका अनुसार वृक्षारोपणमा पहिलो दिन ४ सय पचास भन्दा धेरै अभियानकर्मीहरु सहभाागी थिए ।

संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूका अनुसार वृक्षारोपणका लागि आवश्यक पर्ने नर्सरी जिल्ला स्थित रहेको सामुदायिक वनमा रहेका नर्सरीफार्म, वन कार्यालय अन्तरगत रहेका नर्सरीहरुबाट विरुवा खरिद गरेर उक्त क्षेत्रमा वृक्षारोपणको अभियान थलेको बताए । विहीबार यक्वा सेवा पूजा सहित सुरु भएको वृहत्त वृक्षारोपण अभियान आसार १५ गते सम्म सञ्चालन गर्ने संयोजक फेम्बुले बताए ।

यसैगरी उक्त अभियानमा ताप्लेजुङ बाहेकका जिल्लाहरु पान्थर, इलामबाट समेत वोटविरुवा लगिएको अभियानमा सहभागी किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम एक्तेनले बताए ।

मुक्कुमलुङमा केबलकार निर्माणका लागि निर्माण पक्षले गत बैशाख अन्तिम साता रुख कटान गरेपछि त्यस क्षेत्र अझै अशान्त रहेको छ । राष्ट्रिय फुल गुराँस कटान गरेको भन्दै समितिले विरोध गर्दै आइरहेको छ । यस्तै संयोजक फेम्बुले आजभन्दा चार वर्ष अगाडी यस क्षेत्रमा आगलागी भएको थियो । उक्त आगलागीबाट नष्ट भएको बन जंगलमा अझै बोट बिरुवा हुर्कन सकेको छैन त्यस क्षेत्रहरुमा समेत वृक्षारोपण गर्ने बताए ।

वृक्षारोणसंगै बिरुवा हुर्काउन तथा दिर्घकालीन संरक्षणका लागि समेत संघर्ष समितिले जिम्मेवार लिने संयोजक फेम्बुले जनाएको छ । उक्त बृहत वृक्षारोपण कार्यक्रम तथा नो केवलकारका अभियान्ताहरु प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिमा आबद्ध विभिन्न संघ संस्था, राजनैतिक दल साथै सामाजिक अभियन्ताहरुसमेत सो क्षेत्रमा वृक्षारोपणका लागि बुधबार नै पुगेका छन् ।

प्रदेशको नाम कोशी खारेजीसँगै पाथीभरालाई मुक्कुमलुङ नामाकरणका साथै त्यसक्षेत्रको वातावरणीय पर्यावरणलाई नस्ट पार्ने केवलकार निर्माण रोक्न आन्दोलनरत सबै पक्षहरु वृक्षारोपण कार्यक्रममा सहभागी भएको कियाचू संघीय अध्यक्ष एक्तेनले बताउनु भयो ।

तस्वीरः सरोज कङ्लिवा

सम्बन्धित खवर