समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुँदै - Mangsebung News
  • बुधबार, असार १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुँदै

जेठ ३२, काठमाडौं । याक्थुङ मुन्चइत् चोक सयङ केन्द्रीय समितिको आयोजनामा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुने भएको छ ।

काठमाडौं ८, भंगालस्थित किरात याक्थुङ चुम्लुङहिममा भोलि असार १ देखि ५ गतेसम्म सो कार्याशाला आयोजना हुने भएको हो ।

सयङका सदस्य सागर केरुङका अनुसार उक्त कार्यशालामा बरिष्ठ निर्देशक नविन सुब्बा, चलचित्र वितरक मनोज राठी, चलचित्र छायाँकाार शैलेन्द्र डि कार्की, चलचित्र प्रशिक्षक अनुप सुवेदी, चलचित्र समालोचक तथा निर्देशक दिपेन्द्र लामाले आ–आफ्नो विधामा कार्याशालामा सहभागीहरुलाई प्रशिक्षण दिने छन् ।

यसैगरी उक्त कार्याशालामा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धनबारे बोर्डका अध्यक्ष ज्योतिराज राई, मानवशास्त्री डिबि आङबुङ, चलचित्र निर्देशक प्रतिमा पुन, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङ्बुङ, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पूर्खाजित राई लगायतले समेत कार्यशालाको सहजीकरण गर्ने चोक सयङका सदस्य सागर केरुङ्ले बताए ।

किरात याक्थुङ चुम्लुङ् उपत्यका समितिहरु, लिम्बु विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च, लिम्बु पत्रकार संघ लगायत विभिन्न संघ संस्थाहरुमार्फत दुई देखि तीन दर्जनको संख्यामा सहभागीहरु उक्त कार्यशाला गोष्ठीमा सहभागि हुने केरुङ्ले बताए ।

सम्बन्धित खवर