असार ६, माङसेबुङ । आयोजक जर्मनी युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा हंगेरीलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम १६ मा प्रवेश गरेको हो ।
जर्मनीको जितमा जमाल मुसियाल र इल्के गुन्डोगनले एक एक गोल गरेका थिए ।
खेलको २२ औं मिनेटमै जमाल मुसियालले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७औं मिनेटमा इल्केले गोल गर्दै जर्मनीकालाई २–० को जित दिलाए ।
जितसँगै जर्मनीले दुई खेलबाट ६ अंक जोडेको छ ।
अब जर्मनीले समूह चरणको अन्तिम खेलमा स्वीट्जरल्यान्डको सामना गर्नेछ ।
अंकविहीन हंगेरी भने प्रतियोगिताबाट बाहिरिएको छ ।