माङसेबुङमा प्रज्ञा प्रतिष्ठान स्थापना हुदै, लिम्बू र राई बान्तावा मातृभाषी कर्मचारी थप्ने - Mangsebung News
  • शुक्रबार, असोज १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा प्रज्ञा प्रतिष्ठान स्थापना हुदै, लिम्बू र राई बान्तावा मातृभाषी कर्मचारी थप्ने

असार ११, माङसेबुङ । माङसेबुङ गाउँपालिकाले माङसेबुङस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रममा भाषा, संस्कार, संस्कृति, साहित्य र कलाको विकास गर्नका लागि गाउँपालिकास्तरीय ‘माङसेबुङ प्रज्ञा प्रतिष्ठान’ गठन गरिने उल्लेख गरिएको छ ।

बजेटको व्यवस्था गरि प्रतिष्ठानको आयोजनामा बहुभाषिक साहित्यिक गोष्ठी तथा सम्मान कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ ।

यसैगरी माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा मातृभाषा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दुई जना कर्मचारी नियुक्त गर्ने भएको छ ।

आ.व. २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष हेमन्त राईले लिम्बू भाषा र राई बान्तावा भाषाका गरी दुई जना मातृभाषी कर्मचारी नियुक्त गर्ने बताएका हुन् ।

माङसेबुङ गाउँपालिकाले यी दुई भाषालाई पालिकाको कामकाजी भाषाका रूपमा घोषणा गरिसकेको छ ।

माङसेबुङको ५ नम्बर वडा कार्यालयमा भने २०७६ साल मंसिर १३ गतेदेखि नै लिम्बू भाषा कर्मचारी नियुक्त भई किरात सिरिजंगा लिपिमा आवश्यक निवेदन लिने र सो को कार्यान्वयन गर्ने कार्य हुँदै आएको छ ।

सम्बन्धित खवर