चारखोले र निरन्ताको आवाजमा ‘फक्ताङलुङ सेसे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चारखोले र निरन्ताको आवाजमा ‘फक्ताङलुङ सेसे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार २८, माङसेबुङ । साहित्यकार, गितकार तथा गायक चारखोले शिशिर लिङदम लिम्बू र गायिका निरन्ता नेम्बाङको आवाजमा सजिएको सेम्मुइ ख्याली ‘फक्ताङलुङ सेसे’ सार्वजनिक गरिएको छ ।

चारखोले शिशिर लिङदम लिम्बूकै शव्द तथा लय संकलनमा खगेन्द्र पन्धाक लिम्बूको निर्देशन, सम्पादन तथा कलरमा सेम्मुइ ख्याल ‘फक्ताङलुङ सेसे’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

खगेन्द्र पन्धाक लिम्बू र पर्शुराम थलङ लिम्बूको छायांकन, रोशन वान्तावा राई र सुमी लिम्बूको मेकअप रहेको भिडियोमा सुमी लिम्बू, अर्जुन थापा मगर, गरीमा लिङदम लिम्बू र चारखोले शिशिर लिङदम लिम्बूको अभिनय रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गितको भिडियोमा गिता नेम्बाङ, राजेन्द्र लिङ्दम, बेदना नेम्बाङ, अनुप लिङ्दम, पुजा नेम्बाङ, सुरेन्द्र थेगिम, आयुस्मा नेम्बाङ, सुस्मिता नेम्बाङ, कल्पना नेम्बाङ, शेर बहादुर लिङदम, डि बी तुम्देन लिङदम, केदारनाथ लिङदम, हेम लिङदम, जीत बहादुर लिङदम, ताङसाङ लिङदम, सुकमति लिङदम, सोमिक्ला लिङदम, बिबि नेम्वाङ, दमन्ता लिङदम, प्रमिला लोक्ताम लिङदम र खगी माया लिङदमको समेत अभिनय रहेको छ ।

भिडियो चारखोले म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=Z25qwY9VC24

 

सम्बन्धित खवर