असार २८, माङसेबुङ । आइतबार हुने कोपा अमेरिकाको फाइनलपछि अर्जेन्टिनाका अट्याकिङ मिडफिल्डर एन्जेल डि मारियाले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने भएका छन् ।
आइतबार फ्लोरिडाको मियामी गार्डेन्समा हुने कोपा अमेरिकाको फाइनल खेल पछि ३६ वर्षीय डि मारियाले सन्यास लिने भएका हुन् ।
डि मारियाले सन् २००८ मा अर्जेन्टिनी टोलीमा डेब्यु गरेका थिए । उनले १४४ खेलमा ३१ गोल गरेका छन् ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकाको उपाधि जिताएर आफूले सन्न्यास लिन चाहेको उनले बताए ।
‘यो मेरो अन्तिम खेल हो । म सबै अर्जेन्टिनी र यो पुस्तालाई धन्यवाद दिन चाहन्छु जसले मलाई यति धेरै ट्रफी उचाल्न साथ दिनुभयो,’ उनले भने ।