याक्खवा लोहोरुङको संस्कृतिमा आधारित ‘केलाःङ साम्’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्खवा लोहोरुङको संस्कृतिमा आधारित ‘केलाःङ साम्’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार ३०, माङसेबुङ । नाईन्द्र लोहोरुङको शव्द तथा लय संकलनमा याक्खवा लोहोरुङको संस्कृतिमा आधारित पहिलो ‘केलाःङ साम्’ गित सार्वजनिक गरिएको छ ।

हाङ चेम्जोङको निर्देशनमा गायक अशोक मुकारुङ राई र गायिका निरन्ता नेम्बाङको आवाजमा याक्खवा लोहोरुङको ‘केलाःङ साम्’ गितको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गांगा फियाक र विवस नेम्बाङको समेत आवाज रहेको गितको भिडियोमा नाईन्द्र लोहोरुङ र निरन्ता नेम्बाङले फिचरिङ गरेका छन् ।

राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।

भुपेन्द्र थापा मगरको छायांकन, सञ्जु थलङको मेकअप र अनिल रानाको सम्पादन रहेको नाईन्द्र लोहोरुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर