माङसेबुङ सेवा समाज दक्षिण कोरियाको सहयोगमा माङसेबुङमा बृक्षरोपण - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ सेवा समाज दक्षिण कोरियाको सहयोगमा माङसेबुङमा बृक्षरोपण

साउन ११, माङसेबुङ । माङसेबुङ सेवा समाज दक्षिण कोरियाको सहयोगमा माङसेबुङमा बृक्षरोपण गरिएको छ ।

विहिबार किरात हाङसाम माङहिम परिसरमा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको हस्तवाहुलीबाट बृक्षरोपन कार्यक्रमको सुरुवात गरिएको थियो ।

माङसेबुङ येहाङमुक कोक्मा ताङभुला ताङसेपका अध्यक्ष इन्द्र प्रसाद आङदेम्बेको अध्यक्षतामा मयुर धुप ४ सय बोट रोपण गरिएको हो ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ रिङरोडदेखि माथिका करिब ६ सय रोपनी क्षेत्रफलमा रहेको स्थानमा विभिन्न प्रजातिका विरुवा रोपिने क्रममा विहिबार माङसेबुङ सेवा समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा मयुर प्रजातिका धुप ४ सय र एडिका १० बोट रोपिएको अध्यक्ष आङदेम्बेले बताए ।

अध्यक्ष आङदेम्बेका अनुसार यसअघि रत्तचन्दन १ सय ३०, अमृत फल ३ सय ५०, एबोगाडो र लिचि १ हजार ८ सय, आँप ५ हजार, लामपाते ३ सय, चिउरी ४ सय ५०, तेजपता ६ हजार, सल्ला ३ सय र रुद्राक्ष ३ सय ५०, रुख कटहर १२ सय, र कागति १ सय ५० बोट बृक्षारोपण गरिएको छ ।

यस्तै नेपाल सरकार र माङसेबुङ कृषि बहुद्धेश्य सहकारी संस्थाको साझेदारीमा सो क्षेत्रमा १२ सय कफि र ३ सय ५० एबोगाडो रोपिएको छ ।

यस क्षेत्रमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष योङहाङ एक्लैले २ सय सुगन्ध कोपिला प्रजातिका बिरुवा सौजन्य गरेरका छन् ।

सम्बन्धित खवर