- आन्छुमे नसान
साउन १४, माङसेबुङ । देउकृष्ण लिंखा याक्खाको डेब्यू निर्देशनमा लिम्बू बेसमा अधारित कथानक चलचित्र ‘हाङ’ को गित रेकर्डिङ गरिएको छ ।
सञ्चारकर्मी टिआर सेनेहाङको शव्द तथा उत्तमजंग लावतीको संगीतमा गायक कुशल थलङ र गायिका सुनिता थेगिमको आवाजमा ‘हुसिङमा पोङलो’ गित रेकर्डिङ गरिएको हो ।
सविन लिम्बूको संगीत संयोजनमा एकस्टिक रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको गित लिम्बू भाषामा रहेको छ ।
लिंखा इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेको देउकृष्ण र टिआर सेनेहाङको पटकथा र प्रिन्स वनेम(राजकुमार) प्रस्तुत कर्ता रहेको चलचित्र ‘हाङ’को छायांकन बुधबार (साउन १६) धरानबाट सुरु हुने निर्देशक याक्खाले बताए ।
चलचित्र तथा म्युजिक भिडियोहरुमा अभिनयसँगै चलचित्र निर्माण र दर्जनौ म्युजिक भिडियो निर्देशन गरिसकेका देउकृष्णले यसअघि नेपाली कथानक चलचित्र ‘तारे भिर’ निर्माण गरेका छन् ।
डेब्यू निर्देशन भएकोले चुनौती र उत्सुक्ता रहेको बताउने याक्खाले अघिल्लो चलचित्र निर्माण र म्युजिक भिडियो निर्देशनबाट बटुलेको अनुभव यस चलचित्र निर्देशनमा प्रयोग गर्ने बताए ।
चलचित्रमा प्रेम सुब्बा, बिमला खजुम, राजकुमार वनेम‘प्रिन्स’ र टिआर सेनेहाङ लगायतले अभिनय गर्ने भएका छन् ।