साउन १९, माङसेबुङ । नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा भारतलाई ३–२ सेटमा पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ ।
श्निबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको रोमाञ्चक खेलमा नेपालले उपाधि दाबेदार भारतमाथि ऐतिहासिक जित हासिल गरेको हो ।
पहिलो सेटको खेल नेपालले २५–१८ ले जित्यो । तर, दोस्रो सेटको खेल भने नेपालले १२–२५ ले गुमायो ।
तर, तेस्रो सेटमा नेपालले सानदार पुनरागमन ग¥यो । नेपालले तेस्रो सेटको खेल २५–१७ ले कप्जा गर्यो । यसैगरी नेपालले चौथो सेट भने१८–२५ ले गुमाउन पुग्यो ।
अन्तत फाइनल तथा निर्णायक सेटको रोमाञ्चक खेलमा नेपाल १५–१३ ले विजयी हुँदै इतिहास रच्न सफल भयो ।