‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा जुटे याक्थुङ लिम्बुहरू - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा जुटे याक्थुङ लिम्बुहरू

भदौ ५, ललितपुर । याक्थुङ/ लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’ निर्माणको तयारीमा जुटेका छन् । मंगलबार किरात याक्थुङ चुम्लुङको संघीय कार्यालय ललितपुरमा पहिलो चरणको छलफल भएको हो ।

किरात याक्थुङ चुम्लुङको बिषयगत समिती लिम्बू साँस्कृतिक परिषद संघीय कार्यसमितिले सुरु गरेको हो । पहिलो चरण अन्तर्गत परिषदका ललितपुर, भक्तपुर र काठमाडौका समितिसँग छलफल भएको छ ।

कार्यक्रममा लिम्बू साँस्कृतिक परिषदका संघीय अध्यक्ष सागर केरुङ्द्वारा प्रस्तुत ‘याक्थुङ राष्ट्रिय गान निर्माण कार्यविधि’ बारे छलफल तथा सुझाव संकलन गर्ने कार्य भएको छ ।

कियाचुले एकदशक अघिदेखि याक्थुङ राष्ट्रिय गान निर्माण गर्नेबारे निर्णय गर्दै आए पनि हालसम्म निर्माण हुनसकेको छैन । परिषदको चौँथो राष्ट्रिय महाधिवेशन २०८० पुस २४/२५ धरानबाट घोषित समसामयिक प्रस्तावहरुद्वारा ल्याइएको कार्यक्रमको कार्यान्वयन गर्न लागेको बताइएको छ ।

याक्थुङ समुदायको साझा बुझाइबाट याक्थुङ राष्ट्रिय गान निर्माण गर्ने परिषदका पुर्व अध्यक्ष तथा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ्ले बताए ।

हालसम्म नेपालमा तामाङ, मगर, नेवार, गुरुङ लगायतको आफ्नै राष्ट्रिय गान निर्माण भएको पाइन्छ ।

सम्बन्धित खवर