लिबि मञ्चद्वारा दमकमा १० दिने किरात सिरिजंगा लिपि प्रशिक्षण कार्यशाला सुरु - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिबि मञ्चद्वारा दमकमा १० दिने किरात सिरिजंगा लिपि प्रशिक्षण कार्यशाला सुरु

भदौ ११, दमक । झापाको दमकमा १० दिने किरात सिरिजंगा लिपिको प्रशिक्षण कार्यशाला सुरु भएको छ ।

लिम्बू बिधार्थी मन्च दमक बहुमुखी एकाइ समितिको आयोजनामा उक्त प्रशिक्षण आजबाट सुरु भएको हो ।

दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजना भईरहेको उक्त कार्यशालामा ४० जनाको सहभागिता रहेको संयोजक आकाश लावती लिम्बूले जानकारी दिए ।

भदौ २१ गते सम्म संचालन हुने कार्यशालाको सहजीकरण भाषालिपि तथा साँस्कृतिक अभियन्ता थेयुसा फागोले गर्नेछन् ।

लिम्बू बिधार्थी मन्चले याक्थूङ बिधार्थीहरुको हक,अधिकार संरक्षण र सम्बर्धन गर्दै याक्थूङ भाषा, लिपि, कला, धर्म, साँस्कृतिक तथा शैक्षिक बिकासमा योगदान पुर्याउदै आएको छ ।

सम्बन्धित खवर