मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्ड पूर्ण अवरुद्ध - Mangsebung News
  • शनिबार, असार ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्ड पूर्ण अवरुद्ध

असोज १८, इलाम । मेची राजमार्गको इलाममा पर्ने माइखोला–गोलाखर्क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लामो समयदेखि पानी पर्नेबित्तिकै बिग्रिने गरेको यो खण्ड आज (शुक्रबार)देखि पूर्ण रूपमा बन्द भएको हो । यो खण्ड पूर्ण रूपमा अवरुद्ध भइ मोटरसाइकलसमेत वारपार गर्न नसकिने अवस्था भएको छ ।

राजमार्गमा जोखिम धेरै भएपछि आज मर्मत थालिएको थियो । तर, माथिबाट पहिरो झरेर राजमार्ग थप बगेपछि सवारीका साधन बन्द भएका हुन् ।

यद्यपि, मर्मतको काम भइरहेको तर आज–भोलि नै मर्मत सकिने अवस्थासमेत नभएको डिभिजन सडक कार्यालयले जनाएको छ । सवारीका साधन चल्न नसकेपछि यहाँ आइपुुगेका सयौं यात्रु र सवारी साधन अलपत्र परेका छन् ।

झापातिरबाट आउने सवारी साधन माइखोलामा र इलाम बजारबाट जाने सवारी साधन पहिरोभन्दा माथिपट्टिको सडकमा ताँती लागेका छन् । अहिले झापातिरबाट आएका सवारीले माइखोलाबाट र इलामतिरबाट गएका सवारी साधनले पहिलोभन्दा माथिल्लो क्षेत्रबाट यात्रुलाई सेवा दिँदैछन् ।

पानी परिरहेकाले जोखिम बढिरहेको प्रशासनले जनाएको छ ।

पालिकापेजबाट

सम्बन्धित खवर