पिंकी बेघा र सुवास तुम्बापोको आवाजमा ‘तरेबा तरेमे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पिंकी बेघा र सुवास तुम्बापोको आवाजमा ‘तरेबा तरेमे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज २३, माङसेबुङ । याक्थुङ आइडल सिजन १ का विजेता गायिका पिंकी बेघा लिम्बू र गायक तथा संगीतकार सुवास तुम्बापो लिम्बूको आवाजमा सजिएको रोमान्टिक गित ‘तरेबा तरेमे’ सार्वजनिक गरिएको छ ।

नेपाली तथा लिम्बू भाषामा फ्यूजन गरिएको गितको शव्द तथा संगीत सृजना भने सुवास तुम्बापो लिम्बूले गरेका हुन् ।

भारतको आसाममा जन्मेकी पिंकी पछिल्लो समयकी राईजिङ स्टार गायिका हुन् । भारतमा जन्मेर पनि नेपाली तथा लिम्बू गित संगीतलाई माया गर्ने पिंकीको आवाजमा सजिएको यो गित स्रोता तथा दर्शकहरुले औधी रुचाएका छन् ।

विश्व अधिकारीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितको रेकर्डिङ भने सिलीगुडी स्थित Helaing Octaves Music and Video Production Centre मा सामुएल सामुले रेकर्ड गरेका हुन् ।

सौगता राईको छायांकन, सम्पादन तथा कलरिङमा(Helaing Octaves Music and Video Production Centre) समिर क्षेत्रीको सहायक छायांकन रहेको भिडियो पिंकी बेघा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर