अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज नेपालले एक खेलअगावै जित्यो - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज नेपालले एक खेलअगावै जित्यो

कातिक ४, माङसेबुङ । घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज नेपालले एक खेलअगावै जितेको छ ।

नेपालले आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै सिरिज एक खेलअगावै जितेको हो । जितसँगै नेपालले सिरिजमा २–० को अग्रता बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले कुशल भुर्तेलको अविजित ९२ रनको मद्दतमा निर्धारित २० ओभरमा १७० रन बनाएको थियो ।

सोमपाल कामी चम्किँदा १७१ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनाउन सक्यो ।

त्यपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पनि सोमपाल कामी चम्किँदा नेपालले मात्र तीन रनको विजयी लक्ष्य पाएको थियो ।

तीन रनको विजयी लक्ष्य पछ्याएको सुपर ओभरमा कुशलले एक रन र कप्तान रोहितकुमार पौडेलले तीन बलमा दुई रन बनाउँदै नेपालले लगातार दोस्रो जितसहित सिरिज एक खेलअगावै जितेको हो ।

नेपालले तेस्र तथा अन्तिम खेल मंगबलार खेल्नेछ ।

सम्बन्धित खवर