कातिक ५, माङसेबुङ । महिला टी–२० विश्वकपको उपाधि पहिलो पटक न्युजिल्यान्डले चुमेको छ ।
न्युजिल्यान्डले आइतबार भएको फाइनलमा साविक उपविजेता दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै उपाधि चुमेको हो ।
न्युजिल्यान्डले ऐतिहासिक जित हासिल गरेसँगै महिला क्रिकेटले महिला टी–२० विश्वकपको नयाँ विश्व च्याम्पियन पाएको छ ।