कातिक ६, काठमाडौं । सन्दीप जोराको कप्तानीमा हङकङ क्रिकेट सिक्स खेल्ने नेपाली टिमको घोषण गरिएको छ ।
मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले जोराको कप्तानीमा टोलीको घोषणा गरेको हो । टोलीको प्रशिक्षकको जिम्मेवारी भने ज्ञानेन्द्र मल्लले पाएका छन् ।
टोलीमा सन्दीपसँगै लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जि.सी, दिपेन्द्र रावत र राशिद खान छन् ।
नेपालले पहिलो खेल नोभेम्बर १ मा इङ्ल्यान्डसँग खेल्नेछ । यस्तै, दोस्रो खेल अस्ट्रेलियासँग खेल्नेछ ।