कातिक ७, काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसिप २०२४ मा भारतमाथि सानदार जित हासिल गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा गोलकिपर रुपना चक्माको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले पाँचपल्टको च्याम्पियन भारतमाथि ३–१ को सानदार जित हासिल गरेको हो ।
बंगलादेशको जितमा तोहुरा खातुनले दुई तथा अफिदा खाँडकरले एक गोल गरिन् । भारतका लागि भने बालदेवीले एक गोल फर्काइन् ।
भारतमाथि साफमा बंगलादेशको यो ब्याक टु ब्याक जित हो । भारतलाई पराजित गरेसँगै बंगलादेश समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।
भारत समान खेलबाट तीन अंकसहित समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गर्दा पाकिस्तान भने प्रतियोगिताबाटै बाहिरिएको छ ।