खिजोत्लुङ माङहिममा एकदिने योग साधना कार्यक्रम सम्पन्न - Mangsebung News
  • शनिबार, कार्तिक २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खिजोत्लुङ माङहिममा एकदिने योग साधना कार्यक्रम सम्पन्न

कातिक ११, झापा । किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्यसमिति झापा र किरात खिजोत्लुङ माङहिम माइधारको संयुक्त आयोजनामा एकदिने योग साधना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । शनिबार झापाको माईधारस्थित खिजोत्लुङ माङहिमको सभाहलमा सम्पन्न भएको हो ।

योग अभ्यासको लागि प्रशिक्षकहरुमा हरि हुक्पाचोङबाङ र दुर्गा नेम्वाङ रहनु भएको थियो । योग अभ्यास पहिलो चरणको रहेको प्रशिक्षक चोङबाङले बताउनुभयो ।

यसैगरी अर्का प्रशिक्षक दुर्गा नेम्वाङले योग अभ्यासले आत्मिक शान्ति हुनुका साथै योग अभ्यास गराइले आफ्नो शारिरीक समस्याहरु हल भएकोले आफूले नियमित योग साधनामा भाग लिदै आएको समेत बताए ।

योग अभ्यास कार्यक्रममा ११ जनाबढी साधकहरुकोे सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।

सम्बन्धित खवर