अमेरिकामा नाम्लिङगे लारिङगे खेलेर महगुरु जन्मजयन्ती मनाइयो - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकामा नाम्लिङगे लारिङगे खेलेर महगुरु जन्मजयन्ती मनाइयो

अमेरिका । अमेरिकामा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द १४०औं जन्मजयन्ती नाम्लिङगे लारिङगे खेलेर मनाईएको छ ।

गत नभेम्बर १० मा अमेरिका स्थित ओहायोमा महागुरु फाल्गुनन्द १४०औं जन्मजयन्ती नाम्लिङगे लारिङगे खेलेर मनाईएको हो ।

किरात साम्यो नू साक्थिम्गेन सङजुम्भो अमेरिकाका पदाधिकारी, सल्लाहकार र माङसेवासावा समेतको उपस्थितिमा नाम्लिङगे लारिङगे खेलेर महागुरु जन्मजयन्ती मनाएको फुरुम्बो नामले बताए ।

कार्यक्रममा फूरूम्बो नामले नाम्लिङगे लारिङगे मुन्धुम वाचक गरेका थिए भने, उपस्थित सबैले नामिलिङगे लारिङगेमा साथ दिएका थिए ।

यसैगरी महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा येत नाम्धुङ लाधुङसेमी सेवाको आयोजना समेत गरिएको साङदाङगेन वारुमसावा समेत रहेका फुरुम्बो नामले बताए । कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

किरात साम्यो नू साक्थिम्गेन सङजुम्भो अमेरिकाको आयोजनामा सम्पन्न येत्नाम्धुङ लाधुङ सेमी सेवा तथा नाम्लिङगे लारिङगे कार्यक्रममा किरात साम्यो नू साक्थिम्गेन सङजुम्भो अमेरिकाका अध्यक्ष तिगेला खेवा भक्त, सचिव तुम्बा खेवा सान्ता, कोषाध्यक्ष तुम्बापो रत्न, याम्बक केगाम्बा खाङिं सिङवीर, सङजुम्भोका सल्लाहकार लिङदेन् सुयेङ, माङसेवासाबा अध्यक्ष मुकारूङ कृष्ण, माङसेवासाबा तुम्याहाङ तुम्बापो साम्सोहाङ, लिङ्देन बिर्ख, सहयोगी हरङछा हर्कजित, नेम्बाङ अम्बर, लोहोरूंङ दिलीप, बान्तवा बिर्ख, र नाम्लिङगे लारिङगे मुन्धुम वाचक फूरूम्बो नाम लगायत ओहायो निवासी किरात धर्मानुयायी भक्तजनहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर