जसपा नेपालका तीन जवसले प्रदेश १ मा पुनर्गठन सके - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपा नेपालका तीन जवसले प्रदेश १ मा पुनर्गठन सके

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरु समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा संघ नेपाल र समाजवादी महिला संघ नेपालको प्रदेश १ स्तरीय समितिहरु पुनर्गठन गरिएको छ ।

शुक्रबार इटहरीमा आयोजित मिहला, युवा, विद्यार्थी प्रदेशस्तरीय संगठन पुनर्गठन कार्यक्रमका बीच जसपा नेपालका तीन वटै जबसका प्रदेश समितिहरु पुनर्गठित गरिएका हुन् ।

सागर सरगम चेम्जोङको अध्यक्षतामा २६ सदस्यीय समाजवादी विद्यार्थी युनियन नेपाल प्रदेश नम्बर १ पुनर्गठन भएको हो भने दिनेश राईको अध्यक्षतामा २४ सदस्यीय समाजवादी युवा संघ नेपाल पुनर्गठन भएको हो । त्यस्तै, ओममाया आङ्देम्बेको अध्यक्षतामा १७ सदस्यीय समाजवादी महिला संघ नेपाल पुनर्गठन भएको हो ।

अशोक राई समूहले पार्टी विभाजनको औचित्य पुष्टि गर्नै सकेन : सह–अध्यक्ष चेम्जोङ

सो कार्यक्रममा जसपा नेपालका सह–अध्यक्ष रकम चेम्जोङले पार्टी विभाजन गरेर गएको अशोक राई समूह पहिचानको आन्दोलनबाट ओझेल परेको बताए । पूर्वमन्त्रीसमेत रहेका चेम्जोङले राईको नेतृत्वमा पार्टी विभाजन गर्ने समूहले विभाजन गर्नुको औचित्य पुष्टि गर्न नसकेको दावी गरे । ‘अशोक राईजीहरु पार्टी विभाजन गरेर त जानुभयो, तर राजनीतिक रङ्गमञ्चबाटै हराइसक्नु भयो । पार्टी विभाजनको औचित्य पुष्टि गर्न सक्नुभएको छैन’, उनले भने ।

उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरुको मुक्ति र अधिकार स्थापित गर्न गठन गरिएको पार्टी पटक–पटक विभाजित हुनुमा चेतनाको कमी नै मुख्य कारण भएको सुझाउँदै उनले तत्काल अशोक राईहरु बाहिरिँदा जसपा नेपाल केही कम्जोर जस्तो देखिए पनि अहिले पुनः लय समातेर अघि बढेको बताए ।
सम्बोधनका क्रममा जनताको विश्वास अब जसपा नेपालसँग मात्रै रहेको भन्दै चेम्जोङले ‘दलितको, महिलाको, आदिवासी जनजातिको, मधेसीको समावेशीकरण र आरक्षण खोस्न लागि परेका काँग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपालगायत पार्टीले कसरी उत्पीडितको समावेशीताको रक्षा गर्न सक्छ ?’ भन्दै प्रश्न गरे ।

उनले भने, ‘उनीहरुले (काँग्रेस, एमाले) सरकार गठन गर्दा नै समावेशी र समानुपातिक हटाउन संविधान संशोधन गर्ने भनेर हस्ताक्षर गरिसकेका छन् । अब यी पार्टीले कसरी उत्पीडित समुदायको पक्षमा लड्छन् भनेर विश्वास गर्ने ? यो त ठट्टाको मात्रै विषय हो ।’

पहचिान र अधिकार प्राप्तिका लागि प्रदेश १ मा जसपा नेपालले संयुक्त संघर्ष समितिसँग मिलेर कोशी नाम खारेजीको आन्दोलनलाई थप सशक्त बनाउनु पर्ने धारणा राख्दै उनले अब पहिचानको आन्दोलनको नेतृत्व जसपा नेपालबाट मात्रै सम्भव हुने दावी गरे ।

काँग्रेस र एमालेले संसदीय लोकतन्त्रको मर्मविपरित पहिलो र दोस्रो पार्टीको साँठगाँठमा सरकार गठन गर्नुको उद्देश्य आफ्नो भ्रष्टाचारी नेता जोगाउन र फसेकालाई उकास्नका निम्ति भएको चेम्जोङले आरोप लगाए ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव एवम् संविधानसभा सदस्य राजकुमार राई, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पूर्व प्रदेश मन्त्री जयराम यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य अर्जुन थापा, प्रदेश अध्यक्ष दिपक याक्खा, केन्द्रीय सदस्यहरु रञ्जु वर्मा, शिवबहादुर बस्नेत, शशी लिङ्देन, किरात राष्ट्रिय समिति अध्यक्ष डिके रानोहोछा, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष भोगेन्द्र यादवलगायतले शुभकामना व्यक्त गरेका थिए ।

समाजवादी युवा संघ नेपालका प्रदेश उपाध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अतिथिलाई समाजवादी महिला संघ नेपालकी अध्यक्ष ओममाया आङ्देम्बेले स्वागत गरेकी थिइन् भने समाजवादी विद्यार्थी युनियनका प्रदेश १ अध्यक्ष अञ्जिलहाङ किरातीले कार्यक्रम सञ्चालन गरेका थिए ।

समाजवादी विद्यार्थी युनियन नेपाल

१. अध्यक्ष – सागर सरगम चेम्जोङ
२. उपाध्यक्ष – मिथिलेस यादव
३. मुख्य सचिव – राकेश कुमार यादव
४. सचिव – युन्छोहाङ लिम्बू
५. सचिव – आकाश लावती
६. सदस्य – चन्दन बैठा
७. सदस्य – पङ्कज कुमार विराजी
८. सदस्य – जय नन्द यादव
९. सदस्य – रोजा जबेगु
१०. सदस्य – बुद्धराज सोधुङ
११. सदस्य – मेरिना योङहाङ
१२ . सदस्य – सङ्गीता राई
१३. सदस्य – प्रयास राई
१४. सदस्य – राजन यादव
१५. सदस्य – रेनु कुमारी मण्डल
१६. सदस्य – सुरज साह
१७. सदस्य – मनोहर सिङ्ह
१८. सदस्य – रिकेश यादव
१९. सदस्य – ॐ लिम्बू
२०. सदस्य – नितेश यादव
२१. सदस्य – सन्देश कुलुङ राई
२२. सदस्य – अर्जुन लाबुङ
२३. सदस्य – ललिता फागो
२४. सदस्य – आरति लिम्बु
२५. सदस्य – धर्मेन्द्र राम
२६. सदस्य – राधेश्याम यादव

समाजवादी युवा संघ नेपाल

१. अध्यक्ष – दिनेश राई
२. उपाध्यक्ष – सरोज यादव
३. उपाध्यक्ष – प्रभुराम राई
४. उपाध्यक्ष – सुरेन्द्र यादव
५. मुख्यसचिव – सुरेश याम्फू
६. सचिव – देवेन्द्र यादव
७. सचिव – गणेश सम्हाम्फे
८. सदस्य – क्षीतिज मगर
९. सदस्य – लादेन छिरिङ भोटे
१०. सदस्य – मनोज दर्जी
११. सदस्य – बुलन चेम्जोङ
१२. सदस्य – कृष्ण नाल्बो
१३. सदस्य – राम थाम्सुहाङ
१४. सदस्य –सुवास जवेगु
१५. सदस्य – बिशा प्रसाद साह
१६. सदस्य – छत्रप्रसाद राई
१७. सदस्य – धनीराम नछुङ
१८. सदस्य –सञ्जय कुमार साह
१९. सदस्य – रमेश यादव
२०. सदस्य –सुरज तमोली
२१. सदस्य – कमल हाङसारुङ्बा
२२. सदस्य – बबिन चेम्जोङ लिम्बू
२३. सदस्य –सन्तोष तुम्बापो
२४. सदस्य – दिवस लावती

समाजवादी महलिा संघ नेपाल

१. अध्यक्ष – ओममाया आङ्देम्बे
२. उपाध्यक्ष – राजकुमारी यादव
३. उपाध्यक्ष – अञ्जु खड्का
४. सचिव – रिता खापुङ
५. सचिव – लाक्पा डोमा शेर्पा
६. सह सचिव – चन्द्रकला राई
७. कोषाध्यक्ष – बिनिता सिंह
८. सदस्य – बदमिया साह
९. सदस्य – हेमनसरी राजवंशी
१०. सदस्य – कौशिला राई
११. सदस्य – दिलकुमारी राई
१२. सदस्य – शर्मिला राई
१३. सदस्य – इन्दु राई
१४. सदस्य – बबिता दनुवार
१५. सदस्य – सुकुरुमुनी बेसरा
१६. सदस्य – नर्मला मण्डल
१७. सदस्य – जयमुन निसा
१८. सदस्य – कमला शर्मा

सम्बन्धित खवर