किरात साम्यो नालीफुङवा पान्जुम्भोको वार्षिक चोमेन सेवा सम्पन्न - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात साम्यो नालीफुङवा पान्जुम्भोको वार्षिक चोमेन सेवा सम्पन्न

माङसेबुङ । किरात साम्यो नालीफुङवा पान्जुम्भोको विश्व शान्ति तथा मानव एकताको निमित्त साक्मुरा वादेम्मा तथा येत नाम्धुङ लाधुङ सेमी बार्षिक चोमेन सेवा सम्पन्न भएको छ । मुजोत्लुङ पान्जुम्भोको आयोजनामा उक्त येत लाधुङ सेमी बार्षिक चोमेन सेवा सम्पन्न भएको हो ।

गत मंसिर २२ गते सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशीमा साक्मुरा वादेम्मा सम्पन्न भएको थियो । यस्तै मंसिर २४ गते इलामको माङसेबुङ ५ स्थित नालीफुङवा पान्जुम्भोको केन्द्रिय कार्यालयमा येत लाधुङ्सेमी सेवा सम्पन्न भएको थियो ।

यसैगरी मंसिर २५ गते मंगलबार पान्जुम्भोका सम्पुर्ण पदाधिकारी एवम् सदस्यहरु समेतको सहभागीतामा गुरु निजी अश्रममा गुरु भेटदर्शन गरि सेवा समापन गरिएको थियो ।

सेवामा सदाको बर्षझै सामुहिक माङगेन्ना समेत गरिएको थियो । माङगेन्ना गर्नेमा नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्षमा योगेश लाओती, शंकर केरुङ रोटी रहेका थिए । त्यसैगरि रेनुका लाओती, केवीहाङ फेम्बु, युना योङहाङ, समिता लिम्बु, युन्छोहाङमा लाओती लगायतले माङगेन्ना गरे । माङसेवासाबाहरुमा खड्क आङबुहाङ र अम्बर आङलाले माङगेन्ना मुन्धुम वाचन गरेर माङगेन्ना फोङमा गरिएको थियो । साँझमा एक हजार आठ दिप प्रज्वलन गरिएको किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङ राईले बताए ।

सेवामा माङसेवासावाहरु देवराज आङ्देम्बे, मिलन थलङ, खेमप्रसाद माङमु, खड्ग आङबुहाङ, पदम आङदेम्बे, मान बहादुर नेम्वाङ, अम्बर आङला, भीमलाल चेम्जोङ, भवानी ओङदम्बे, दुर्गा साउदेन, नन्द सेर्मा, मकरजङग माबोहाङ, याम माबोहाङ लगायत रहेका थिए ।

यस्तै सेवाको अवसरमा माङप्रसाद जलपानमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ, उपाध्यक्ष होम लिङदेन, सदस्य पुर्ण कार्कीढोली, किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भो संस्थापक अध्यक्ष नन्द नेम्वाङ, लेखक तथा साहित्यकार दिलवीर शेर्मा, आङबुहाङ अवोध अविरल, ध्रव पुन पान्जुभोका पूर्व सचिव गुल्सन आङबुहाङ, सुजन आङबुहाङ, सञ्चारकर्मी आन्छुमे नसान, माङसेबुङ कृषि बहुउद्देशिय सहकारी संस्थाका व्यवस्थापक चनबहादुर शेर्मा, माङसेबुङ ५ वडा भाषिक सचिव सुनिल शेर्मा लगायतको उपस्थिती रहेको थियो ।

किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको आयोजनामा थुम पान्जुम्भो लगायत तल्लो निकाय पाङभे पान्जुम्भो समितिहरुको व्यापक सहभागीतामा बर्षेनी बार्षिक चोमेन सेवाको आयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित खवर