ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार तक्मे डाँडामा नव निर्मित ताक्वाजङ याःराक्मातेन(धान नाच प्रतिमा)को उद्घाटन गरिएको छ ।
किरात याक्थुङ चम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा बिहिबार किरात याक्थुङ चम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको ताक्वाजङ याःराक्मातेन प्रतिमा उद्घाटन गरिएको हो ।
५ फिट उचाइको पिलरमा रहेको प्रतिमाको पृष्ठभूमिमा फक्ताङलुङ र मुक्कुम्लुङको तस्बिर कोरिएको छ । निर्माणका लागि कृतिमान मादेनको संयोजकत्वमा किराँत याक्थुङ चुङ्लुङ जिल्ला ताप्लेजुङका पदाधिकारी सहितका ९ सदस्य निर्माण समिति गठन गरिएको थियो ।
पुरुष ६.५ र महिला ६ फिट उचाइमा निर्माण गरिएको याःराक्मातेन प्रतिामा मूर्तिकार पूर्ण वनेमसहितको टिमले बनाएका हुन् ।
याक्थुङ/लिम्बु जातिको ऐतिहासिक, सांस्कृतिक परम्परालाई जीवित राख्न र त्यस ठाउँको इतिहासलाई लोप हुन नदिन प्रतिमा निर्माण गरिएको जनाइएको छ ।