दमक । जनता समाजवादी पार्टी नेपालको दमक नगर समिति पुनर्गठन भएको छ ।
शुक्रबार दमकमा आयोजित पार्टीको नगर समिति पुनर्गठन कार्यक्रमबाट टिकाप्रसाद राईको अध्यक्षतामा जसपा नेपालको दमक नगर समिति पुनर्गठन भएको हो ।
समितिका उपाध्यक्षमा लिला आङ्देम्बे, सचिवमा सन्तोष लावती, कोषाध्यक्षमा रीता तुम्रोक, सदस्यहरुमा क्रमशः सुशिला लिम्बू, दिलिप धिमाल, रूपा सदा, भूपेन्द्र शेर्मा, कुमारी कट्वाल, टिकादेवी गौतम, प्रभा लिम्बू, सुनिता राई, पवित्रा थेगिम छन् ।
धिरेन लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रंगलाल राजवंशी, कमन देवान, केन्द्रीय लेखा समिति सदस्य भवनाी आङ्देम्बे, प्रदेश १ सदस्य पदमकुमारी लिम्बू, मधेश राष्ट्रिय समिति अध्यक्ष तुलसी राजवंशी र झापा जिल्ला अध्यक्ष शत्रुधन चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले स्वार्थका लागि पार्टी विभाजन गर्ने समूह (अशोक राई पक्ष) राजनीतिक रूपमा समाप्त भएको टिप्पणी गर्दै पहिचान, सुशासन, न्याय, अधिकार र समानताका लागि जसपा नेपालको विकल्प नरहेकोमा जोड दिएका थिए ।
वक्ताहरुले दुईतिहाईको काँग्रेस–एमाले सत्ता गठबन्धन उत्पीडित र शोषित जाति, वर्ग र लिङ्गका मानिसहरुबाट असुरक्षित भएर संविधानमा उल्लेख भएका समावेशीकरण, समानुपातिक प्रतिनिधित्व कटौती गर्ने र निर्वाचनमा थ्रेस होल्ड बढाउने दिशामा अघि बढेको अरोप लगाएका थिए ।
समाजवादी महिला संघ प्रदेश १ की अध्यक्ष समेत रहेकी नेतृ ओममाया आङ्देम्बेले स्वागत गरेको कार्यक्रममा जिल्ला उपसचिव आकाश लावतीको सञ्चालन रहेको थियो ।