नेपाल त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पाचौं खेलमा पनि पराजित - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पाचौं खेलमा पनि पराजित

काठमाडौं । नेपाल त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला अन्तर्गत पाँचौं खेलमा पनि पराजित भएको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले दुई बल बाँकी छदै कुनै पूरा गर्यो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कालिसले अविजित रहँदै सर्वाधिक ९८ रन बनाए । यस्तै फेबे मोलकेनबोएर पनि अविजित रहँदै ४८ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेकोे नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

नेपालका लागि पूजा महतोले अविजित ६२ रनको योगदान गरिन् । टी–२० आई मा पूजाको यो दोस्रो अर्धशतक हो ।

यसैगरी कप्तान इन्दु बर्माले ३९ रन बनउँदा रुविना क्षेत्रीले २० रन र कविता जोशी ७ रनमा अविजित रहिन् ।

जितसँगै नेदरल्यान्ड्सले पाँच खेलबाट ६ अंक पु¥याएको छ । एक खेल कम खेलेको थाइल्यान्ड आठ अंकसहित शीर्ष स्थानमा रहँदा नेपाल अंकविहीन छ ।

सम्बन्धित खवर