माङसेबुङ । वुमन्स डे टी–२० कपमा घरेलु टोली युगान्डामाथि नेपालले रोमाञ्चक जित हासिल गरेको छ ।
आइतबार एन्टेब्बे क्रिकेट ओभलमा भएको खेलमा युगान्डामाथि नेपालले एक विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।
युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा नौ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि ओपनर सना प्रविणले सर्वाधिक १७ रन बनाउँदा पूजा महतोले १६ रन र रुविना क्षेत्री बेलबासेले १९ रन बनाउँनु वाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सानाले यही खेलमार्फत सिनियर टोलीमा डेब्यु गरेकी हुन् । उनी नेपाली महिला टोलीबाट डेब्यु गर्ने ३८औं खेलाडी हुन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७६ रन बनाएको थियो ।
युगान्डाकी इम्याक्युलेट नकिसुयीले सर्वाधिक २२ रन बनाउँदा स्टेफनी नाम्पीनाले १४ रन र मालिसा अरिओकोटले ११ रन बनाउँनु वाहेक अन्यले राम्रो रन बनाउन सकेनन् ।
नेपालकको जितमा पूजा महतोले सर्वाधिक तीन र कप्तान इन्दु बर्माले दुई विकेट लिइन् ।
नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने हङकङमाथि आठ विकेटको जित हासिल गरेको थियो ।