बिरामी देउमानलाई सम्बाहाम्फे उत्थान संघद्वारा आर्थिक सहयोग हस्तान्तरण - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिरामी देउमानलाई सम्बाहाम्फे उत्थान संघद्वारा आर्थिक सहयोग हस्तान्तरण

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाँचथर जिल्ला कुम्मायक गाउँपालिका वडा नम्बर ४ रानिगाँउस्थित साबिक वडा नम्बर ८ ताक्मार्व टोलका देउमान सम्बाहाम्फेलाई सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितिले शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

बिरामी देउमान गत असोज २८ गते बाख्राको लागि घाँस काट्ने क्रममा खन्युङ्को बोटबाट लडेर उनको शरीरको मेरुदण्डको हाड चर्किएको बि.एण्ड.सि. हस्पिटल बिर्तामोडले जनाएको थियो ।

कम्मरदेखि मुनिको भाग नचलेर थला परेका ३३ बर्षिय बिरामी देउमानलाई सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितिले १ लाख ८ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

घरको आर्थिक अवस्था कम्जोर भएका देउमानका एक छोरा दुई छोरी र श्रीमति रहेका छन । विभिन्न संघ सस्था तथा समाजसेवी अभियान्ताहरुबाट आर्थिक सहयोग पाइरहेकोले थप औषधि उपचारमा थप राहत पुगेको बिरामीले भने ।

सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितिका सल्लाहकार तथा पुर्व सामान्य प्रशासन राज्य मन्त्री डम्बरसिं सम्बाहाम्फेको प्रमुख उपस्थितिमा बिरामीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । सो समारोहमा सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितीका उपाध्यक्ष प्रेमबहादुर सम्बाहाम्फे, केन्द्रिय कार्य समिति सदस्यहरु नरेन्द्र सम्बाहाम्फे र इन्द्र सम्बाहाम्फेको समेत उपस्थिति रहेको थियो ।

सम्बाहाम्फे उत्थान संघ क्षेत्रीय कार्य समितिका अध्यक्ष राजेस्वर सम्बाहाम्फे, सचिव लाल अन्जान सम्बाहाम्फे लगायत सामाजिक अभियान्ताका ब्यक्तित्वहरुले बिरामी देउमानलाई अर्थिक सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरेको थियो ।

सम्बन्धित खवर