काठमाडौं । स्पेनिस क्लव बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोना सन् २०१८–१९ यता पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो ।
मंगलबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डसँग ३–१ ले पराजित भएपनि समग्रमा ५–३ को जित निकाल्दै बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
सर्हाउ गुइरासीले ह्याट्रिक गरे पनि डर्टमुन्डलाई ३–१ को जित पर्याप्त हुन सकेन । किनभने पहिलो लेगमा बार्सिलोनाले ४–० को एकतर्फी जित हात पारेको थियो ।
यो बार्सिलोनाको डिसेम्बर यताकै पहिलो हार हो । अब बार्साले इन्टर मिलान वा बायर्न म्युनिखमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन् ।