बेलायतमा साक्मुरा वदेम्मा उभौली याक्वा सेवा हुने - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेलायतमा साक्मुरा वदेम्मा उभौली याक्वा सेवा हुने

  • सिक्कुम ज्ञानु फुरुम्बो चरपे 

वेलायत । बेलायतको आस्फोर्ड केन्टमा साक्मुरा लुङहि वदेम्मा, आप्लुङगेन्न ताङसेप चोमेन तथा उभौली याक्वा सेवा हुने भएको छ ।

किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा ३१ मे २०२५ गते शनिवार बेलायतको आस्फोर्ड केन्टमा बिगत झै बार्षिक साक्मुरा लुङहि वदेम्मा, आप्लुङगेन्न ताङसेप चोमेन तथा उभौली याक्वा सेवा हुने भएको छ ।

हरेक बर्ष युके भरि छरिएर बसेबासा गर्दै आएका किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थितिमा बेलायका विभिन्न स्थानमा बार्षिक आप्लुङगेन्न ताङसेप चोमेन सेवा निरन्तर हुँदै आएको छ । यसैगरी यो वर्षपनि पहिलो पटक युके भरिका किरात धर्मावलम्बीहरुको सभागितामा आस्फोर्ड केन्टमा सेवा हुने भएको हो ।

महान समाज सुधारक, राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको सत्य मार्ग दर्शन साथै वर्तमान किरात धर्मगरु गुरुआमाहरुको आज्ञालाई आत्मा साथ गर्दै किरात साम्जीक, मुन्धुम र संस्कार अनुरुप आप्लुङगेन्न ताङसेप चोमेन, साक्मुरा वदेम्मा साथै उभौली याक्वा सेवा तथा विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निम्ती विशेष नाम्धुङ, लाधुङ सेमी सेवा हुने किरात साम्यो माङसेवा साबा पान्जुभोका अध्यक्ष मंगलसिं लिङदेनले बताए ।

बेलायतमा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिको आयोजनामा हुदै आएको ठुला कार्यक्रम मध्ये बार्षिक सामुहिक साक्मुरा लुङहि वदेम्मा ताङसेप चेमेन तथा उभौली याक्वा सेवा पनि हो । र,े यश सेवा कार्यक्रममा विभिन्न सामाजिक, धार्मिक, जातीय संघ, संस्थाहरुलाई पनि निमन्त्रणा गरि सेवा कार्यक्रम संचालन गर्दै आएको र यो वर्ष हुने बार्षिक सामुहिक साक्मुरा लुङहि वदेम्मा उभौली सेवा पनि यसरी नै भब्य रुपमा सम्पन्न गरिने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङले बताए ।

२००९ सालमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको स्थापना भए देखि यता निरन्तर रुपमा किरात साम्जिक मुन्धुम हाबेक, कर्म, संस्कार अनुसार विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निम्ति बेलायतको विभिन्न स्थानमा संस्थाले आयोजना गर्दै आएको छ । महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती, बार्षिक साक्मुरा वदेमा उभौली याक्वा सेवा र सामुहिक माङगेन्ना सेवा जस्ता महत्पुर्ण कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस्ता कार्यक्रमहरुले लामो समय देखि बेलायतको बिबिध क्षेत्रमा बसोबास गर्दै आएको तर भेटघाट कहिले हुन नसकेका किरात धर्मालम्बीहरुविच सामिप्य बडने गरेको छ ।

सम्बन्धित खवर