- सिक्कुम ज्ञानु फुरुम्बा चरपे
वेलायत । नेपाली समाज आस्फोर्ड केन्टको साझा संस्थाको रुपमा स्थापना भएको सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टको ११औं महाधिवेशन हुने भएको छ ।
हरेक २ बर्षमा हुने महाधिवेशन आस्फोर्डको ११औं महाधिवेशन आगामि ३१ मे २०२५ शनिवार आस्फोर्ड केन्टमा रहेको साइमन सभाहलमा हुने सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टका अध्यक्ष डम्बर सिंगक लिम्बूले बताए ।
महाधिवेशनमा विभिन्न समाजिक संघ, संस्थाका प्रतिनिधीहरुको उपस्थितिमा भब्य र सभ्य रुपमा सम्पन्न हुने अध्यक्ष लिम्बूले बताए । यसैगरी यो महाधिवेशनसगैं युवा कम्युनिटी र महिला कम्युनिटीहरुको समेत हुने भएको छ ।
यश संस्थाले लामो समय देखि सामाजिक क्षेत्रमा अबल सेवा पर्याउदै आएको छ । धार्मिक, समाजिक, सांस्कृतिक, भाषिक सद्भाव, कायम गर्दै बाढी, पहिरो, आग्लागि, बिरामी पिडितहरुलाई आर्थिक डोनेसन गर्नुका साथै असाहय र अनाथहरुलाई खाध्य तथा लता कपडा जस्ता आवश्यकिय बस्तुहरु हरेक बर्ष सहयोग संकलन गरेर विभिन्न क्षेत्रका पिडितहरुलाई सहयोगदान गर्दै आएको छ ।
नैतिक अनुसाशनलाई प्राथमिकतामा राख्दै आउदो युवा पुस्ताहरुको आकाक्षा, भवना र नेपाली समुदायलाई आवश्यक पर्ने आवसकिय गुण र खुराकलाई मध्य नजर गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक बिकास, समाजिक सद्भाव, भाईचार तथा आर्थिक उन्नती र ब्यक्तित्व बिकासमा युर्थहरुलाई कसरी कुलतबाट अलग गराउने भन्ने जनचेतनामुलक शिक्षा र समुसायिक कृर्याकलापहरु निरन्तर गर्दै जाने यस संस्थाको मुख्य लक्ष्य उदेश्य भएको संस्थाका अध्यक्ष डम्बर सिंगक लिम्बूले बताए ।
यस्ता गतिबिधिले आउँदो पुस्तामा भाषिक, धार्मिक, सांस्कृतिक, हस्तारणको बिकास हुनका साथै नेपाली पनको सामाजिक परम्पराको दर्बिलो बिकास र निरन्तर उत्थानमा ठुलो टेवा पुग्ने देखिन्छ । सन २००४ सालमा स्थापना भएका यस सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टले आफ्नो साझा भवन निमार्णका लागि जग्गा समेत खरिद गरेको छ । भने स्थानीय समुदाय र स्थानीय सरकारसंग समन्वय गर्दै सन २००९ साल देखि हरेक बर्ष यश संस्थाले नेपालीहरुको बाक्लो उपस्थितीमा नगर, शहर पार्क जस्ता ठाउँमा सरसफाईको अभियान चलाउदै आएको छ ।