छ.कि.न.टे.न. स्मृति कप : द बुद्ध बिगिनिङ मिक्लाजुङ अन्तिम चारमा - Mangsebung News
  • सोमबार, पुष ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

छ.कि.न.टे.न. स्मृति कप : द बुद्ध बिगिनिङ मिक्लाजुङ अन्तिम चारमा

माङ्सेबुङ । द बुद्ध बिगिनिङ मिक्लाजुङ पाँचथर छ.कि.न.टे.न. स्मृति कप पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरको छ ।

आइतबार इलामको माङसेबुङ ५, मा अवस्थित आत्मानन्द रंगशालामा भएको दोस्रो खेलमा पलासे यूथ क्लब महमाई इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै मिक्लाजुङले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

मिक्लाजुङको जितमा परु राई र अतीत आलेले समान एक–एक गोल गरे । महमाईले एक गोल फर्काए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् ।

फुटबल प्रतियोगिताको मुख्य संयोजन नालीफूङवा संस्थापन समुह, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो र सावदेन सयङ रहेको खेलको आयोजना आत्म–पबित्र हक्चात यक्चुम खेलकुद समितिले गरेको हो । फाइनल खेल पुस ९ गते हुनेछ ।

समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरु स्वः छत्र सावदेन(इलाम), स्वः टेकबहादुर अन्छङ्बो(ताप्लेजुङ), स्वः रनधोज लाओती (पान्थर), स्वः कीर्तिमान एवाइ राई (इलाम) र स्वः नरप्रसाद लिङ्देन (ताप्लेजुङ) पाँच जनाको स्मृतिमा पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

किरात धर्म दर्शन, भाषा, लिपि र सस्कृतिको लागि दिलो ज्यान दिने पाँच जना किरात शहिदहरु तत्कालीन दशबर्षे द्वन्दकालमा माओवादीद्वारा मारिएको हो ।

सम्बन्धित खवर