
माङसेबुङ । छकिनटेन स्मृति कप फुटबल प्रतियोगिताको उपाधि द बुद्ध विगिनी रबि मिक्लाजुङ पान्थरले चुमेको छ ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बुधबार भएको फाइनल खेलमा सिङफेरे युथ क्लब माङसेबुङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै रबि पान्थरले उपाधि चुमेको हो ।

उपाधि चुमेसँगै रबिले नगद पुरस्कार ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे । यता उप विजेता सिङफेरेले नगद पुरस्कार २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएका छन् ।
प्रतियोगिताको मुख्य संयोजन नालीफूङवा संस्थापन समुह, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो र सावदेन सयङ रहेको खेलको आयोजना आत्म–पबित्र हक्चात यक्चुम खेलकुद समितिले गरेको हो ।

समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरु स्वः छत्र सावदेन(इलाम), स्वः टेकबहादुर अन्छङ्बो(ताप्लेजुङ), स्वः रनधोज लाओती (पान्थर), स्वः कीर्तिमान एवाइ राई (इलाम) र स्वः नरप्रसाद लिङ्देन (ताप्लेजुङ) पाँच जनाको स्मृतिमा पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
किरात धर्म दर्शन, भाषा, लिपि र सस्कृतिको लागि दिलो ज्यान दिने पाँच जना किरात शहिदहरु तत्कालीन दशबर्षे द्वन्दकालमा माओवादीद्वारा मारिएको हो ।









