पवित्रहाङमा गोल्ड कप : जनता सेभेन सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • मङ्गलबार, फागुन १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा गोल्ड कप : जनता सेभेन सेमिफाइनलमा प्रवेश

माङसेबुङ । जनता सेभेन स्पोर्ट क्लब इलाम पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंगलबार भएको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै जनाता सेभेनले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

जनता सेभेनको जितमा रेखा बिष्ट र सरिता नाथले समान एक गोल गरेकी थिइन् । बेलबारीका लागि भने लोचना लिम्बूले एक गोल फर्काइन् ।

खेलको नवौं मिनेटमा जनता सेभेनले रेखा बिष्टको गोलमा सुरुवाती अग्राता बनाएको थियो । त्यसपछि खेलको ४५ औं मिनेटमा पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै जनता सेभेनकी सरिता नाथले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।

बेलबारीका लागि भने खेलको ६१ औं मिनेटमा लोचना लिम्बूले एकमात्र सान्वता गोल फर्काइन् । खेलको प्लेयर अफ द म्याच जनता सेभेनकी रेखा विष्ट घोषित हुँदै नगद ३ हजार ५ सय ७० प्राप्त गरिन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित गोल्डकप प्रतियोगिता अन्तर्गत बुधबार फेयर फुटबल क्लब धरान सुनसरी र पाहुना टोली हिमालय फुटबल क्लब कर्साङ, दार्जीलिङ भारतविच हुनेछ ।

प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् । यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब रहेको छ ।

प्रतियोगितका विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

सम्बन्धित खवर